Skip to main content

Mulkura Samachar

📆 २०८३ कार्तिक २० गते

भारतीय पेन्सनरको कारोबार अन्य बैंकमा सार्नुपर्ने भन्ने सूचना भ्रामक : एभरेष्ट बैंक गलकोट

मुलकुरा समाचार
गलकोट, बागलुङ। एभरेष्ट बैंक लिमिटेड गलकोट शाखाले बैंक बन्द हुन लागेको र भारतीय पेन्सनसम्बन्धी कारोबार अन्य बैंकमा सार्नुपर्ने भन्ने विषयमा फैलाइएको सूचना भ्रामक रहेको स्पष्ट पारेको छ।

बैंकले एक सूचना जारी गर्दै गलकोट नगरपालिका क्षेत्रमा एभरेष्ट बैंकमार्फत कारोबार गर्दै आएका सम्पूर्ण भारतीय पेन्सनरहरूलाई गलत सूचनाको पछि नलाग्न आग्रह गरेको हो।

एभरेष्ट बैंक लिमिटेड गलकोटका सञ्चालक वीरेन्द्र श्रेष्ठले बैंक बन्द हुन लागेको तथा भारतीय पेन्सनसम्बन्धी कारोबार अब यस बैंकबाट नहुने भन्ने हल्लामा कुनै सत्यता नरहेको बताउनुभयो। उहाँले विगत लामो समयदेखि यस क्षेत्रका सेवाग्राहीलाई निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै सेवाग्राहीहरूलाई अनावश्यक अन्योलमा नपर्न आग्रह गर्नुभयो।

श्रेष्ठले भारतीय पेन्सनरहरूले आफ्नो कारोबार अन्य बैंकमा सार्नुपर्ने कुनै आवश्यकता नरहेको स्पष्ट पार्दै बैंकसम्बन्धी कुनै जिज्ञासा वा जानकारी आवश्यक परेमा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिएका अपुष्ट सूचनाको विश्वास नगरी सिधै बैंकमा सम्पर्क गर्न अनुरोध गर्नुभयो।

बैंकले सेवाग्राहीहरूको निरन्तर विश्वास, साथ र सहकार्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि बैंकिङ सेवा निरन्तर रहने जानकारी गराएको छ।

थप जानकारीका लागि एभरेष्ट बैंक लिमिटेड गलकोट (BLB) को सम्पर्क नम्बर ९८५७६३०२७९ वा ०६८४१२०२१ मा सम्पर्क गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.