Skip to main content

Mulkura Samachar

📆 २०८३ कार्तिक २० गते

सुनारको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर आज अन्त्येष्टि

भोटेकोशीमा आएको भीषण बाढीमा परी दुई महिनादेखि बेपत्ता रहेका बागलुङका रमेश सुनारको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर आज अन्त्येष्टि गरेको छ ।
बागलुङको गलकोट नगरपालिका–२ नरेठाटी स्थित घामपानी निवासी सुनार एक हप्तादेखि अपर त्रिशुली २१३ मा कार्यरत थिए । रोजकारीकालागि दुबै पुगेका सुनार पर्चुगल जाने योजनामा थिए ।
घरका आर्थिक अवस्था कमजोर रहेको सुनारले भिषा नआउन्जेल भोटेकोशीमा गएर कमाउने निधोका साथ बाढी पूर्व एक हप्ता मात्रै कामका लागि जलविद्युत आयोजनामा पुगेको परिवारका सदस्य डम्मर सुनारले बताउनुभयो । त्यहाँ कार्यरत उनी गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका थिए ।
सम्पर्कमा नआएपछि झिनो आश बोकेर परिवार सुनारलाई खोज्न गएपनि रित्तोहात फर्केका थिए । रमेश सुनारको कुशको शव बनाई दाहसंस्कार गरेर किरिया थालेको आफन्त डम्मर सुनार बताउनुहुन्छ । दुई सन्तान र श्रीमतीलाई एक्लै छोडेर भोटेकोशी पुगेका सुनार फर्केर नआउदा परिवारका सदस्यमाथी गम्भिर आघात पुगेको छ ।

त्रिशुली जलविद्युत परियोजनाले खोजीकार्य स्थगित गर्दै सुनारलाई मृत घोषणापछि संस्कार अनुसार किरिया बस्न थालेको उहाँको भनाई छ । मजदुरीको क्रममा भोटोकेशी पुगेका सुनार एक हप्तामै बाढीमा वेपत्ता भएका थिए ।

२९ वर्षीय सुनारको श्रीमती, एक छोरी र एक छोरा छन् । साना छोराछोरीको शिक्षा र लालनपालनमा सुनार परिवारले सहयोगकोको हात समेत फैलाएको मृतकका बुबा धन बहादुर सुनारले दुखेसो पोख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.