Skip to main content

Mulkura Samachar

📆 २०८३ कार्तिक २० गते

गलकोटको कोतघरमा परम्परागत रूपमा फूलपाती भित्र्याइयो, ४६ हजार बढी भेटी संकलन गलकोट, असोज ३१।

गलकोटको कोतघरमा परम्परागत रूपमा फूलपाती भित्र्याइयो, ४६ हजार बढी भेटी संकलन

गलकोट, असोज ३१।

oplus_140509184
oplus_136314880
oplus_136314912
oplus_140509184
oplus_140509184
oplus_140509184
oplus_140509184

गलकोट नगरपालिका–३ स्थित वडा कार्यालयबाट ऐतिहासिक शक्तिपीठ कोतघरमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ। दसैँको फूलपातीका अवसरमा धार्मिक विधि र स्थानीय परम्पराअनुसार कार्यक्रम आयोजना गरिएको हो।

वडा नं. ३, ५ र ६ का विभिन्न टोल विकास संस्था, स्थानीय संघसंस्था, समाजसेवी तथा भक्तजनहरूको सहभागितामा फूलपाती यात्रा निकालिएको थियो। वडा कार्यालयबाट सुरु भएको यात्रा हटिया बजार, मजुवाफाँट, हरिचौर बजार हुँदै डाँडाखेतसम्म पुगेको थियो। यात्राका क्रममा स्थानीय घरपरिवारबाट फलफूल, चामल, दक्षिणालगायत सामग्री संकलन गरी कोतघरमा फूलपाती भित्र्याइएको थियो।

गलकोट राज्य अस्तित्वमा रहेको ऐतिहासिक कालखण्डमा दरबारबाट कोत मन्दिरमा फूलपाती ल्याउने प्रचलन रहेको बताइन्छ। समयक्रममा कमजोर हुँदै गएको उक्त परम्परालाई पुनः निरन्तरता दिँदै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने प्रयास गरिएको गलकोट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर खत्रीले जानकारी दिनुभयो।

कार्यक्रमका क्रममा कोतघरमा फूलपातीको भेटीस्वरूप ४६ हजार ९०५ रुपैयाँ संकलन भएको समितिले जनाएको छ। यसै अवसरमा गलकोट नगरपालिका–३ निवासी बेलबहादुर भण्डारी र आशा भण्डारीले मन्दिर व्यवस्थापन समितिलाई एक थान स्पिकर र माइक्रोफोन सहयोगस्वरूप प्रदान गर्नुभएको थियो।

भोलि महाअष्टमीका दिन कोतघरमा कालरात्रि पूजा गरिने कार्यक्रम रहेको छ। उक्त अवसरमा विशेष पूजाआजा हुने भएकाले सम्पूर्ण भक्तजनलाई उपस्थित भई पूजामा सहभागी हुन अनुरोध गरिएको छ।

फूलपाती भित्र्याउने यस कार्यक्रमले गलकोटको ऐतिहासिक विरासतलाई नयाँ पुस्तासम्म पुर्‍याउन तथा स्थानीय धार्मिक परम्पराको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.