एक
महिलालाई धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ।
सुनारको कथित अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै उनी विवादमा तानिएका थिए। सार्वजनिक भएको अडियोमा महिलालाई धम्क्याएको र ब्ल्याकमेलिङ गरेको सुनिएको छ।
घटनाबारे पार्टीले औपचारिक वक्तव्य जारी गरेको छ। महामन्त्री विपिन आचार्यद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको सत्यतथ्य छानबिन गर्न अनुसन्धान तथा अनुशासन आयोगलाई तत्काल निर्देशन दिइएको उल्लेख छ।
छानबिन नसकिँदासम्म सांसद सुनारलाई पार्टीका कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको रास्वपाले जनाएको छ।