Skip to main content

Mulkura Samachar

📆 २०८३ कार्तिक २० गते

यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ

यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत आज असोज २८ गते यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो ।

महाशाखाले यही असोज १७ गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो ।

यस वर्ष औसत मितिभन्दा १२ दिन ढिला गरी मनसुन बाहिरिएको छ । सामान्यतया नेपालमा मनसुन १३ जुनदेखि शुरू भई २ अक्टोबरमा बाहिरिन्छ । तर यस वर्ष १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि आज बाहिरिएको छ ।

यस वर्षको मनसुनमा औसतको आसपासमै वर्षा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.