काठमाडौं । नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै गायक तथा सर्जक Baburam Muskan Subedi को नयाँ गीत ‘DASHAIN MANNA AAUNA PAINA’ को Official Music Video सार्वजनिक भएको छ।
“सबै गाउँका साथीहरू दशैं मान्न आइसके होलान्, तिमी पनि मेरो बाटो हेरेर बसेकी होली, तर अहिले पनि दशैं मान्न आउन पाइनँ आमा…” गीतको यो भावपूर्ण अंशले दशैंमा घर फर्किन नसकेको परदेशी सन्तानको पीडा र आमाप्रतिको गहिरो सम्झनालाई उजागर गर्छ।
रोजगारी तथा विभिन्न बाध्यताका कारण चाडपर्वमा समेत परिवारबाट टाढा रहनुपर्ने नेपालीहरूको वास्तविक भावनालाई गीतमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ। ‘DASHAIN MANNA AAUNA PAINA’ मा आमाको माया, गाउँघरको सम्झना, परिवारसँग दशैं मनाउने अधुरो चाहना र परदेशी जीवनको बाध्यतालाई मुख्य विषय बनाइएको छ।
गीतमा Ramji BC को Vocal रहेको छ भने Music Composer तथा Lyricist Baburam Muskan Subedi हुन्। Recording Puskal Sunuwar ले गरेका छन्। भिडियोमा Baburam Muskan and Team को अभिनय रहेको छ। भिडियोको निर्देशन Kamal Nirjan ले गरेका हुन् भने निर्माण Baburam Muskan Subedi को रहेको छ। भिडियो सम्पादन Birendra Bhaat Bipeen ले गरेका छन्।
‘DASHAIN MANNA AAUNA PAINA’ Baburam Muskan Subedi को Official YouTube Channel बाट सार्वजनिक गरिएको हो। गीतको Audio Distribution Amuse ले गरेको छ।
गीत तथा भिडियो क्रेडिट
- Title: DASHAIN MANNA AAUNA PAINA
- Artist: Baburam Muskan Subedi
- Vocal: Ramji BC
- Music Composer: Baburam Muskan Subedi
- Lyricist: Baburam Muskan Subedi
- Recorder: Puskal Sunuwar
- Featuring: Baburam Muskan and Team
- Director: Kamal Nirjan
- Producer: Baburam Muskan Subedi
- Editor: Birendra Bhaat Bipeen
- Production: Baburam Muskan Team
- Audio Distributed by: Amuse
Official Music Video: https://youtu.be/qzTTZRGOS8A