लागोस, पोर्चुगल । निलुवा समाज पोर्चुगलको सम्मान तथा वार्षिक आयव्यय सार्वजनिक कार्यक्रम पोर्चुगलको लागोसमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डिलाराम सुवेदीले समाजलाई थप सुदृढ र प्रभावकारी बनाउन सबै सदस्यबीच एकता, सहकार्य र आपसी सहयोग आवश्यक रहेको बताउनु भएको थियो। उहाँले समाजले आगामी दिनमा पनि सामाजिक गतिविधिलाई निरन्तरता दिँदै संस्थालाई अझ व्यवस्थित रूपमा अघि बढाउने बताउनु भएको हो l
सुवेदीले संस्थाको आर्थिक गतिविधिमा पारदर्शिता कायम गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै वार्षिक आयव्यय सार्वजनिक गर्ने कार्यले संस्थाप्रति सदस्यहरूको विश्वास र जवाफदेहिता बढाउन सहयोग पुग्ने मा जोड दिनु भएको हो।
कार्यक्रममा राजेन्द्र शर्मा र महादेव सुवेदीले मन्तव्य राख्दै समाजका गतिविधि, संस्थागत सहकार्य तथा आगामी दिनमा समाजलाई थप प्रभावकारी रूपमा अघि बढाउनुपर्ने विषयमा धारणा व्यक्त गर्नु भएको थियो।
समाजका अध्यक्ष डिलाराम सुवेदीको अध्यक्षतामा, सचिव जयलाल सुवेदीको सञ्चालन सम्पन्न भएको थियो।
कार्यक्रममा कोषाध्यक्ष विकास सुवेदीले संस्थाको वार्षिक आयव्यय विवरण सार्वजनिक गरेका थिए।
कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। सम्मान तथा वार्षिक आयव्यय सार्वजनिक कार्यक्रमले समाजको आर्थिक पारदर्शिता, संस्थागत सहकार्य र सामाजिक गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।