Skip to main content

Mulkura Samachar

📆 २०८३ कार्तिक २० गते

सरकारले बागलुङका ४ पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्‍यो, सबैभन्दा बढी क्षति निसीखोलामा

बागलुङ । नेपाल सरकारले गत असोज ११ गतेको अविरल वर्षापछिको बाढी पहिरोबाट धनजनको ठूलो क्षति भएपछि बागलुङका चार स्थानीय तह सहित गण्डकी प्रदेशका २३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले यस्तो घोषणा गरेको हो। घोषणा सँगै प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन कानुनी बाटो खुलेको छ।

बागलुङमा १३ जनाको मृत्यु पछि घोषणाबाढी पहिरोमा परि बागलुङमा मात्र १३ जनाको मृत्यु भएको थियो। जसमा निसीखोला गाउँपालिकाका ५, तमानखोला गाउँपालिकाका ५ र ताराखोला गाउँपालिकाका ३ जना रहेका छन्।

  • निसीखोला गाउँपालिका वडा नं ४ र ६
  • बडिगाड गाउँपालिका
  • तमानखोला गाउँपालिका वडा नं २ र ४
  • ताराखोला गाउँपालिका लाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

जसमा सबैभन्दा बढी क्षति निसीखोला गाउँपालिकामा भएको छ। पालिकामा करिब ३९ घरमा पूर्ण क्षति भएको छ भने विद्युत नहर, झोलुंगे पुल, विद्यालय र आधारभूत अस्पतालमा समेत ठूलो क्षति पुगेको छ।

गण्डकीका अन्य जिल्ला पनि समेटिएबागलुङसँगै म्याग्दीका ६ वटै पालिका, गोरखाको शहिद लखन गाउँपालिकाका २ वटा वडा, मनाङको चामे, नासोँ र ङिस्याङ गाउँपालिकाको वडा नं १ र ४ लाई पनि संकटग्रस्त घोषणा गरिएको छ।

त्यसैगरी पर्वतको जलजला गाउँपालिका, फलेवास नगरपालिकाका ६ वटा वडा, विहादी गाउँपालिका वडा नं ६, महाशिला गाउँपालिका वडा नं ५ र ६ तथा मोदी गाउँपालिका वडा नं २ र ३ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका-५ लाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.