Skip to main content

Mulkura Samachar

📆 २०८३ कार्तिक २० गते

पाण्डवखानीमा आयोजित ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न

गलकोट नगरपालिका–१० पाण्डवखानीमा आयोजित ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। पाण्डवखानी ब्याडमिन्टन समूहको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ विकास काउचाको समूह प्रथम र निरज पुनको समूह दोस्रो भएका छन्। त्यसैगरी मिक्स डबल्सतर्फ भीम सुनारको समूह प्रथम हुन सफल भएको छ भने खिम काउचाको समूह दोस्रो स्थान हासिल गर्न सफल भएको छ।

कार्यक्रम पाण्डवखानी ब्याडमिन्टन समूहका अध्यक्ष धनबहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन दीप घर्तीले गर्नुभएको थियो। कार्यक्रममा खिमबहादुर काउचाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पाण्डवखानी समाज युकेका उपाध्यक्ष हिरा बहादुर थापा रहनुभएको थियो। प्रमुख अतिथिको आसनबाट बोल्दै थापाले गलकोट क्षेत्रकै दुर्गम बस्तीमा यस्ता खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना हुनु गौरवको विषय भएको बताउनुभयो। उहाँले गाउँमै बसेर आफ्नो कला, संस्कृति, परम्परा र इतिहासको संरक्षण गरिरहेका सम्पूर्ण गाउँवासीहरूलाई धन्यवाद दिँदै सम्मान व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि गलकोट नगरपालिका वडा नं. १० का वडा अध्यक्ष भक्तबहादुर काउचा रहनुभएको थियो। सोही अवसरमा प्रतियोगिता तथा कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगदाताहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.