Skip to main content

Mulkura Samachar

न्यौपानेको ‘अन्पी मुसहरको माटो’

Key Takeaways

  • अग्रज कवि तथा रंगकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ।
  • विराट साहित्य संगमले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी उक्त कृतिको औपचारिक विमोचन गरेको हो।
  • विराट साहित्य संगमद्वारा प्रकाशित यस कविता संग्रहमा कुल ४१ वटा कविताहरू समावेश गरिएका छन्।

(विराटनगर)अग्रज कवि तथा रंगकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ ।

विराट साहित्य संगमले शनिबार विराटनगरमा आयोजना गरेको एक कार्यक्रमका बीच उक्त कृतिको औपचारिक विमोचन गरियो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कैलाशकुमार राई, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज साहित्यकार मेदिनीप्रसाद शर्मा, प्राज्ञ खेम नेपाली, नेपाल मुक्तक प्रतिष्ठान कोशीका अध्यक्ष बाबुराम पोखरेल र डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंले संयुक्त रूपमा कृतिको विमोचन गरे ।


विमोचित कृतिबारे टिप्पणी गर्दै समीक्षक बाबुराम पोखरेलले संग्रहभित्रका कविताले सामाजिक यथार्थ र चेतनालाई सबल रूपमा उठाएको बताए । कार्यक्रममा आयोजक संस्थाका सचिव गोपाल निर्भीकले स्वागत मन्तव्य दिएका थिए भने कवि उमेश लुइँटेलले लेखक न्यौपानेको परिचय र साहित्यिक योगदानमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कैलाशकुमार राई , प्राज्ञ विवश पोखरेल र कवि मनु मञ्जिलले नयाँ कृति सफलताको शुभकामना व्यक्त गरे । सोही अवसरमा कविहरू बद्री भिखारी, शुभलक्ष्मी लम्साल, मीनकुमार नवोदित र रञ्जना भट्टराईले संग्रहभित्र समेटिएका विभिन्न कविता वाचन गरेर सुनाएका थिए ।

 

 

 

 

 

विराट साहित्य संगमले प्रकाशनमा ल्याएको यस संग्रहमा कुल ४१ वटा कविताहरू समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.