Skip to main content

Mulkura Samachar

२०८३ आश्विन ८

काठमाडौं बुद्धनगरमा फेरि एक व्यक्तिले गरे आत्मदाहको प्रयास

काठमाडौंको बुद्धनगरमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौं–१० बुद्धनगरमा डेरा गरी बस्ने ४५ वर्षीय अश्विन राउतले शनिबार बिहान शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उनले शनिबार विहान ६ बजेतिर भान्सा कोठामा आफ्नो शरीरमा आगो लगाएको पाइएको प्रहरीले जनाएको छ । राउतको वीर अस्पतालमा उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

यसअघि बिहीबार मात्रै काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । यसै गरी शुक्रबार नै सर्लाहीका विवेक मण्डलले आत्मदाहको प्रयास गरेका थिए । उनलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि हिजै काठमाडौँ ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.