Skip to main content

Mulkura Samachar

२०८३ आश्विन ८

विराटनगरमा पोखरीबाट शव उठाउने क्रममा तनाव, २१ सेल अश्रुग्याँस प्रहार

विराटनगरको सीमावर्ती क्षेत्रमा गाँजा तस्करीका क्रममा प्रहरीलाई देखेर पोखरीमा हाम फालेर मृत्यु भएका युवकको शव उठाउने विवाद हुँदा प्रहरीले बल प्रयोग गरेको छ ।

२६ असार, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा गाँजा तस्करीका क्रममा प्रहरीलाई देखेर पोखरीमा हाम फालेर मृत्यु भएका युवकको शव उठाउने विवाद हुँदा प्रहरीले बल प्रयोग गरेको छ ।

गाँजा तस्करीको आरोपमा प्रहरीले लखेट्दा पोखरीमा हाम फालेर ज्यान गुमाएका १७ वर्षीय मञ्जितकुमार यादवको शव उठाउने क्रममा शुक्रबार दिउँसो विराटनगरको भेडियारीमा तनाव भएपछि प्रहरीले बल प्रयोग गरेको हो ।

गत बुधबार ६ किलो गाँजासहित प्रहरीले रोक्न खोज्दा मोटरसाइकल छाडेर भागेका यादव भेडियारी पोखरीमा बेपत्ता भएका थिए । उनीसँगै भारतीय नम्बर प्लेटको बीआर ५० एएल ३६८७को मोटरसाइकलमा सवार रहेका भारतीय नागरिक ४१ वर्षीय शिवधर यादवलाई नियन्त्रणमा लिएको छ । उनको साथबाट प्रहरीले ६ किलो १२० ग्राम गाँजा बरामद गरेको छ ।

पोखरीमा बेपत्ता युवकको शुक्रबार बिहान शव फेला परेपछि आफन्त र स्थानीयले क्षतिपूर्ति र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै शव उठाउन अवरोध गरेका थिए । त्यसपछि प्रहरीमाथि स्थानीय ढुंगामुढा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.