एक हुलाक सञ्जालः अनगिन्ती सम्भावनाहरू) भन्ने नाराका साथ १५२औं विश्व हुलाक दिवस गलकोट हुलाक कार्यालय हटिया, बागलुङको आयोजनामा विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
‘स्वच्छ वातावरणले कार्यमा सकारात्मक ऊर्जा दिन्छ’ भन्ने मान्यताका साथ कार्यालय परिसर सरसफाइ कार्यक्रम गरी दिवसको सुरुवात गरिएको थियो। कार्यक्रममा हुलाक सेवा अब केवल चिठीपत्र वितरणमा मात्र सीमित नरहेको कुरामा जोड दिइएको छ ।
पछिल्लो समय हुलाक कार्यालयमार्फत देश तथा विदेशमा पार्सल सेवा, इएमएस, टिकट बिक्रीका साथै टेलिभिजन र एफएम रेडियो अनुगमनलगायतका सेवाहरू सञ्चालन हुँदै आएका छन् ।
कार्यक्रममा बोल्दै गलकोट हुलाक कार्यालय बागलुङका कार्यालय प्रमुख नरेश वलीले हाल सरकारको शासकीय सुधार योजनाअन्तर्गत नेपाल हुलाक सेवालाई ’गभर्नमेन्ट कुरियर’ को रूपमा विकास गरिएको जानकारी दिनुभयो ।
यस सेवामार्फत नागरिकका सरकारी कागजातहरू घरदैलोमै पुगेर वितरण गर्ने कार्यलाई उच्च प्राथमिकता दिइएको छ। यसै क्रममा यस कार्यालयमार्फत हालसम्म ५५ थान राहदानी (पासपोर्ट) सेवाग्राहीको घरदैलोमै पुगेर वितरण गरिएको कार्यालय प्रमुख वलीले बताउनुभयो ।
विशेष गरी पुलिन्दा÷पार्सल र गभर्नमेन्ट कुरियर सेवा का बारेमा आम सर्वसाधारण जनतालाई विस्तृत रूपमा सूचित गर्ने उद्देश्यले अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको गलकोट हुलाक कार्यालयले जनाएको छ ।
Source:thamman thapa sandesh