Skip to main content

Mulkura Samachar

📆 २०८३ कार्तिक २० गते

चमुवा आधारभूत विद्यालयमा स्वर्गीय थमलाल सुवेदी अक्षय कोष छात्रवृत्ति वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गलकोट, बागलुङ । गलकोट नगरपालिका ०४ चमुवा आधारभूत विद्यालयमा स्वर्गीय थमलाल सुवेदी अक्षय कोष छात्रवृत्ति वितरण तथा बडादसैँ, तिहार, छठ र नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्वर्गीय थमलाल सुवेदीकी श्रीमती लक्ष्मी सुवेदीले विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार आठ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको थियो। उहाँले प्रतिविद्यार्थी १ हजार २ सय रुपैयाँका दरले कापी, कलम, पेन तथा ज्यामिति बक्सलगायतका शैक्षिक सामग्री प्रदान गर्नुभएको हो।

विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहयोग गरिएको बताइएको छ। कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका सदस्य खिमलाल सुवेदीले छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोगले विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य खिमलाल सुवेदीको अध्यक्षता, प्रधानाध्यापक नवीन सुवेदीको शुभकामना मन्तव्य, शिक्षक कल्पना गौतम सुवेदीको स्वागत मन्तव्य र शिक्षक भावना के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले शुभकामना मन्तव्य तथा नृत्य प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.