Skip to main content

Mulkura Samachar

२०८३ आश्विन ८

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित हुन शिक्षा मन्त्रीको निर्देशन

मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो मूल उद्देश्यअनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

२६ असार, काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं विश्वविद्यालय सभा बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सम्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ८८ लाख रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।

बैठकलाई सम्बोधन गर्दै सहकुलपति पोखरेलले विश्वविद्यालयले आफ्नो मूल उद्देश्यअनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बौद्ध अध्ययनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आवश्यक रणनीति अवलम्बन गर्न उनले निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.